सहिद स्मारक ए डिभिजन लिगमा आज पुलिस र जावलाखेल भिड्दै

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत आज नेपाल पुलिस क्लब र जावलाखेल युथ क्लब भिड्दै छन्।

यस्तै यस खेल नेपाली समयअनुसार साढे ४ बजे दशरथ रंगशालामा सुरु हुने छ। प्रतियोगितामा यो दुवै टोलीको दोस्रो खेल हो।

पहिलो खेलमा नेपाल पुलिसले त्रिभुवन आर्मी क्लबसँग बराबरी खेलेको थियो भने जावलाखेलले मनाङ मर्स्याङ्दीसँग १–० गोलको हार ब्यहोरेको थियो।

तालिकामा मनाङ दुई खेलबाट ६ अंक जोडेर शीर्षस्थानमा छ। दुई खेल खेलेका संकटा क्लब र सातदोबाटो युथ क्लबको समान ४–४ अंक छ।

Back to top button