पार्टीभित्रको लोकतन्त्र चुनौतीपूर्ण अवस्थामा छ : रामचन्द्र पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको दलभित्र लोकतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको बताउनुभएको छ ।

आज ‘कांग्रेसको अबको बाटो, रुपान्तरणको १० सूत्र’ शीर्षकमा दस्तावेज सार्वजनिक गर्दै नेता पौडेलले पार्टीभित्र लोकतन्त्रको रक्षा आफूहरुको मुख्य मुद्दा हुने बताउनुभएको छ ।

पौडेलले अदालतमा सेटिङ हुनु लोकतन्त्रका लागि चुनौती भएको भन्दै संवैधानिक परिषदको निष्पक्षतामा प्रश्न उठ्नु पनि गम्भीर विषय भएको बताउनुभयो। उहाँले भन्नुभयो, ‘अहिले सत्ताका लागि मात्रै होइन ब्यवस्थाका लागि चिन्ता गर्नुपर्ने अवस्था छ ।’

Back to top button