मोरङ कांग्रेसमा नेतृत्व चयनका लागि भएको मतदानमा १४ सय १४ मत खस्यो

विराटनगर । मोरङ कांग्रेसलाई नेतृत्व चयनका लागि भएको मतदानमा १४ सय १४ मत खसेको छ । सहमति  हुन नसक्दा नेतृत्वका लागि चुनाव भएको हो ।

चुनावमा प्यानल नै बनाएर तिन नेता चुनावी मैदानमा होमिएका थिए । सभापतिमा संस्थापन पक्षबाट दिलीप गच्छदार संस्थापन इतर समूहबाट डिक बहादुर लिम्बु र नेता कृष्ण प्रसाद सिटौलाको समूहबाट यदु विष्ट चुनावी मैदानमा होमिएका थिए । उहाँहरु  आ –आफ्नो प्यानल सहित मतदानमा होमिएका हुन । खाना खाएर मत गणना गर्न थाल्ने कांग्रेस मोरङले जनाएको छ । बिहान सम्ममा मतगणना सकेर प्रदेशको निर्वाचनमा खटिने प्रदेश निर्वाचन व्यवस्थापन समितिका संयोजक समेत रहेका जिल्ला सभापतिका उम्मेदवार डिक बहादुर लिम्बुले बताउनु भयो  ।

३५सय ५२ मतदाता रहेको मोरङमा आज बिहान ९ बजे देखि मतदान भएको थियो ।

Back to top button