१० औं राष्ट्रिय महाधिवेशनमा धाँधलीको संकेत :रावल

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष डा.भीम रावलले १० औं राष्ट्रिय महाधिवेशनमा धाँधलीको संकेत देखिएको बताउनु भएको छ ।

सामाजिक सञ्जाल ट्विटरमा दिनभरि बैठक नगरेर प्रतिनिधिहरूलाई अलपत्र पार्ने र संस्थागत छलफल नगरी राति ७ बजे बैठक हुने सूचना जारी गर्नु अलोकतान्त्रिक मात्र होइन धाँधलीको संकेत पनि हो भनेर लेख्नु भएको छ । एमाले अध्यक्ष ओलीले पदाधिकारी तथा केन्द्रीय समिति सर्वसम्मत गर्न बोलाएको छलफलमा उपस्थित नहुनु भएका रावलले प्रतिनिधिहरूसँग मत माग्नु भएको थियो।

उहाँले लेख्नुभएको छ यसले जनताको बहुदलीय जनवादअन्तर्गत प्रतिस्पर्धाको राजनीतिमाथि आघात पुग्छ।

Back to top button