कांग्रेसको मतगणना राति १० बजे देखि 

विराटनगर । कांग्रेस मोरङले मतगणनाको तयारीमा जुटेको छ ।
राति १० बजे देखी कडा सुरक्षाका बिच पाटी कार्यालयमा मतगणना गरिने जनाइएको छ । नेतृत्व चयनका लागि आज दिउसो मतदान भएको थियो । ३५सय ५२ मतदाता रहेको मोरङमा १४ सय १४ मत खसेको थियो  । सभापतिका अकाक्षिहरु तिन जना भएपछि मतदानबाट नेतृत्व टुङ्गाउन निर्वाचन गरिएको थियो । चुनावमा प्यानल नै बनाएर तिन नेता चुनावी मैदानमा होमिनु भएको थियो । सभापतिमा संस्थापन पक्षबाट दिलीप गच्छदार संस्थापन इतर समूहबाट डिक बहादुर लिम्बु र नेता कृष्ण प्रसाद सिटौलाको समूहबाट यदु विष्ट चुनावी मैदानमा रहनु भएको थियो ।
बिहान सम्ममा मत परिणाम आइसक्ने कांग्रेसमोरङका सभापति डिक बहादुर लिम्बुले बताउनु भयो ।

Back to top button