एमालेको जारी राष्ट्रिय महाधिवेशनमा बन्दसत्र अझै शुरु भएन्

चितवन । नेकपा एमालेको चितवनको जारी राष्ट्रिय महाधिवेशनमा बन्दसत्र अझै शुरु भएको छैन। बन्दसत्र सुरु नभएपछि महाधिबेशन प्रतिनिधिहरु कोहि हल भित्र छन् भने कोहि हल बाहिरनै घुमिरहेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली अझै पदाधिकारी तथा केन्द्रीय समितिको नामावली तयार पार्न छलफल गरिरहेकाले बन्दसत्र शुरु हुन नसकेको एक नेताले जानकारी दिनु भएको छ ।

अध्यक्ष ओली १२ घन्टादेखि नामको अन्तिम सूची तयार पार्न रिसोर्टको एउटा कोठामा छलफलमा व्यस्त रहनु भएको छ ।

Back to top button