
चितवन । सौराहमा जारी नेकपा एमालेको दशौं महाधिवेशनमा अध्यक्ष मण्डलको बैठक सुरु भएको छ । अध्यक्ष केपी शर्मा ओली बन्दसत्र स्थलमा पुगेपछि बैठक सुरु भएको हो ।
कमिटीको नाम प्रस्ताव गर्ने सर्वाधिकार पाउनु भएको ओलीले बन्दसत्र रोकेर दिनभर नेताहरुसँग छलफल गर्नु भएको थियो । । नेताहरु विष्णु पौडेल, शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवालीले केन्द्रीय सदस्यहरुको सूची तयार पार्नु भएको थियो ।
तर पदाधिकारीमा सहमति जुट्न सकेको छैन् । ।