
चितवन । पदाधिकारी र केन्द्रीय सदस्यको सूची बनाउने अधिकार पाउनु भएका अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले सोमवार बिहान साढे ३ बजे पदाधिकारीमा प्रस्ताव गरेका छन् ।ओलीले वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र महासचिवमा शंकर पोखरेललाई प्रस्ताव गर्नु भएको हो । वरिष्ठ उपाध्यक्षमा सुवास नेम्वाङ र महासचिवमा विष्णु पौडेलले पनि दाबी गर्नु भएको थियो।
ओलीले उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा र विष्णु पौडेललाई प्रस्ताव गर्नु भएको छ ।
प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाललाई उपमहासचिव प्रस्ताव गरिएको छ ।
टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्याललाई सचिवमा प्रस्ताव गर्नु भएको छ ।
उपाध्यक्षमा उम्मेदवारी घोषणा गर्नु भएका घनश्याम भुसाल ओलीको टिममा हुनुहुन्न । यसअघि सचिव रहनुभएका प्रदेश १ का निवर्तमान मुख्यमन्त्री भीम प्रसाद आचार्यलाई भने ओलीले अटाउन सक्नुभएन । ओलीको प्रस्तावलाई लिएर उहाँकै टिमका नेताहरु असन्तुष्टि देखिनु भएको छ ।
बिहान ९ बजेपछि निर्वाचन कार्यक्रम सुरु हुने भएको छ । अध्यक्षमा ओली भीम रावल बिच प्रतिस्पर्धा हुने देखिएको छ ।