मेस्सीको तीन असिस्ट पीएसजी सहज जित

काठमाडौँ । स्टार खेलाडी लिओनल मेस्सीले तीन असिस्ट दिएपछि फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन पीएसजी ले सहज जित निकालेको छ ।

गएरातिभएको खेलमा पीएसजीले १० खेलाडीमा सीमित सेन्ट इटिएनलाई ३–१ अन्तरले पराजित गरेको हो ।

पीएसजीको जितमा मेस्सीले तीन असिस्ट दिँदा मार्विन्होसले २ तथा एन्जेल डि मारियाले १ गोल गर्नुभएको हो ।

जितसँगै पीएसजीले १५ खेलमा ४० अंक जोड्दै शीर्ष स्थानमा छ । सेन्ट इटिएन १२ अंक जोडेर २०औँ स्थानमा छ ।

Back to top button