ज्योति विकास बैंकले गर्‍यो वृद्धाश्रमलाई न्यानो कपडा सहयोग

काठमाडौं । ज्योति विकास बैंकले चन्द्रागिरी नगरपालिका, काठमाडौंस्थित मातातीर्थ वृद्धाश्रममा आश्रित वृद्धाहरुलाई जाडो महिनाका लागि उपयुक्त हुने न्यानो कपडाहरू प्रदान गरेको छ ।

आश्रममा आयोजित एक कार्यक्रममा ज्योति विकास बैंकका तर्फबाट बैंकका सहायक महाप्रबन्धक रामहरि आचार्य, काठमाडौं उपत्यका क्षेत्रीय कार्यालय प्रमुख दिलिपराज बराल र बैंकका बलम्बु शाखाका शाखा प्रबन्धक प्रकाश श्रेष्ठले वृद्धाश्रम समितिका कार्यालय प्रमुख राम थापालाई न्यानो कपडा हस्तान्तरण गर्नुभएको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रहेको हाम्रो विकास प्रवर्द्धन कोषमार्फत आश्रममा आश्रित बृद्धाका लागि न्यानो कपडा सहयोग गरेको हो ।

Back to top button