नेकपा एमालेका ५ जना पदाधिकारी निर्विरोध

काठमाडौं । नेकपा एमालेमा पाँचजना पदाधिकारी निर्विरोध हुनुभएको छ । बिहान १० बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको समयमा वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिवमा उम्मेदारी दर्ता नपरेपछि पाँच पदाधिकारी निर्विरोध हुनुभएको हो ।

निर्विरोध निर्वाचित हुनेहरूमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल र उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल रहनुभएको छ ।

अध्यक्ष केपी ओलीले आज बिहान प्रस्ताव गरेको पदाधिकारीको सूचीमा अन्यको उम्मेदवारी दर्ता भए पनि वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिवमा अन्यको दाबी नपरेपछि स्वतः निर्विरोध हुनुभएको हो । निर्वाचन आयोगले औपचारिक घोषणा भने भइसकेको छैन ।

Back to top button