एमाले महाधिवेशन : यी हुन् प्रतिष्पर्धि पदाधिकारी

सौराहा । नेकपा एमालेको जारी १० औं महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयनको प्रयास विफल भएपछि केहि पद बाहेकका अन्य पदहरुमा मतदान हुने भएको छ ।

वरिष्ठ उपाध्यक्ष, महासचिव, उपमहासचिवसहित ट्रेड युनियन क्लस्टरबाहेक अन्य पदमा निर्वाचन हुने भएको हो । जसअनुसार ६ जना उपाध्यक्षका लागि ७ जना उम्मेदवार छन् । सात जना सचिवका लागि नौ जना उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् ।

उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा ‘बादल’, सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालका बीचमा प्रतिस्पर्धा हुनेछ । भुसालबाहेक अरु सबै निर्वतमान अध्यक्ष ओलीले प्रस्ताव गरेका उपाध्यक्षहरू हुनुहुन्छ । जसमा भुसालले असहमति जनाउँदै उम्मेदवारी दर्ता गराएपछि ती पदमा निर्वाचन हुन लागेको हो ।

यसैगरी सात जना सचिवका लागि टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट, पदमा अर्याल, भीम आचार्य र टंक कार्कीका बीचमा प्रतिस्पर्धा हुन लागेको हो । आचार्य र कार्कीलाई निवर्तमान अध्यक्ष ओलीले नसमेटेपछि दुवैका नयाँ उम्मेदवारीका कारण सचिवमा प्रतिस्पर्धा हुन लागेको हो ।

Back to top button