भोट नहाली लालबाबु पण्डित काठमाडौं तर्फ

चितवन । नेकपा (एमाले)को केन्द्रीय सदस्य पद अस्वीकार गरेका नेता लालबाबु पण्डित मतदान नगरी चितवनबाट काठमाडौं तर्फ लाग्नुभएको छ ।

पदाधिकारीको आकांक्षी रहनुभएका उहाँलाई अध्यक्ष केपी शर्मा ओलीले सहमतिका लागि भन्दै प्रस्ताव गरेको सूचीमा केन्द्रीय सदस्यमा राखेपछि असन्तुष्ट हुनुहुनथियो ।

उहाँले विहान सामाजिक सञ्जालमा लेख्नुभएको थियो, ‘आजदेखि सम्पूर्ण कार्यकारी पदबाट विदा लिँदै दशौं महाधिवेशनबाट सम्पूर्ण विजयी कमरेडहरुलाई सफल कार्यकालको हार्दिक शुभकामना।’

यति लेखेर उहाँ महाधिवेशन स्थलबाट काठमाडौं तर्फ लाग्नुभएको छ । उहाँले भन्नुभयो म काठमाडौं जाँदैछु मेरो जिम्मेवारी सकियो, सर्वसम्मत गर्ने भनिएको थियो, तर नभएपछि भोट हाल्दिनँ।’

अध्यक्ष, उपाध्यक्ष र सचिव पदमा चुनाव हुने लगभग पक्का छ। उहाँले अब आफू संगठित सदस्यका रुपमा मात्र रहने बताउनुभएको छ ।

Back to top button