सेयर बजारमा २१ अंकको गिरावट

काठमाडौं । साताको दोस्रो दिन आज पनि सेयर बजार ओरालो लागेको छ। आज सेयर बजार २१ दशमलव ५१ अंकले ओरालो लागेर नेप्से परिसूचक २ हजार ६२९ दशमलव ९७ मा सिमित भएको छ । सेयर बजारसँगै कारोबार रकम पनि घटेको छ।

आज ८२ लाख २५ हजार ८२२ कित्ता सेयर ४ अर्ब ८ करोड ९३ लाख ७ हजार १३३ रुपैयाँमा कारोबार भएको छ। आज हाइड्रोपावर उपसमूह ० दशमलव ०१ प्रतिशत र म्युचल फण्ड ० दशमलव१२ प्रतिशतले बढेका छन् भने अन्य उपसमूह राताम्मे छन् ।

कम्पनीतर्फ आज न्यादी हाइड्रोपावर लिमिटेड ९ दशमलव ९९ प्रतिशत, समलिङ पावर कम्पनी लिमिटेड ९ दशमलव९८ प्रतिशत, सानिमा लार्ज क्याप फण्ड ४ दशमलव २६ प्रतिशत, कालिका पावर कम्पनी लिमिटेड ३ दशमलव ६७ प्रतिशत र स्वभिमान लघुवित्त संस्था लिमिटेड ३ दशमलव५९ प्रतिशतले बढेका छन्।

Back to top button