मुख्य न्यायाधिवक्ता श्रेष्ठले लिनु भयो सपथ

विराटनगर । प्रदेश १ सरकारको मुख्य न्यायाधिवक्तामा नियुक्त भएका भोजराज श्रेष्ठले सोमवार शपथ लिनु भएको छ ।

उच्च अदालत विराटनगरका प्रमुख न्यायाधीश तीलप्रसाद श्रेष्ठले प्रदेश प्रमुखको कार्यालयमा उहाँलाई शपथ गराउनु भएको हो ।

श्रेष्ठ नेकपा (एकीकृत समाजवादी)का बुद्धिजीवी परिषद् मोरङका अध्यक्ष समेत हुनुहुन्छ । शेरधन राई नेतृत्वको सरकारले नियुक्त गरेका मुख्य न्यायाधिवक्ता चुडामणि आचार्यले कात्तिक १७ गते राजीनामा दिएपछि मुख्यमन्त्री राजेन्द्र राईले श्रेष्ठलाई नियुक्त गर्नु भएको हो ।

श्रेष्ठ इटहरीको जनता कलेजको प्रमुख समेत भइसक्नु भएको छ ।

Back to top button