एमाले महाधिवेशन : यी पदमा हुनेछ मतदान

काठमाडौं । नेकपा एमालेको १०औं महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष र महासचिव, उपमहासचिव पदबाहेक पदाधिकारीका अन्य पदहरुमा उम्मेदवारी मतदान हुने भएको छ ।

एमालेका प्रमुख निर्वाचन आयुक्त विजय सुब्बाका अनुसार विभिन्न १६ समूहमा चुनावमार्फत नेतृत्व चयन चयन हुनेछ । अध्यक्ष, उपाध्यक्ष र सचिवमा निर्विरोध नहुने भएको छ । अध्यक्षमा २, उपाध्यक्षमा ७ र सचिवमा ९ जनाको उम्मेदवारी परेको छ ।

निर्वाचनबाट १ अध्यक्ष, ५ उपाध्यक्ष र ७ सचिव चयन हुनेछन् । सुब्बाका अनुसार प्रदेश १ र वाग्मती प्रदेशको खुला सदस्य, सम्पर्क समन्वय क्षेत्र, कर्णाली र सुदूरपश्चिमको खुला सदस्य, सुदूरपश्चिमको महिला सदस्य पदमा पनि निर्वाचन हुनेछ ।

यस्तै, आदिवासी जनजनति खुला सदस्य, आदिवासी जनजाति महिला, मधेसी खुला, दलितको खुला, थारुको खुला, महिला खुला, मुस्लिमको खुला र पिछडिएको क्षेत्रको खुला र महिलामा आवश्यक संख्याभन्दा बढीको उम्मेदवारी परेको छ ।

खुला केन्द्रीय सदस्यमा आवश्यक संख्याभन्दा बढीको उम्मेदवारी परेपछि निर्वाचन हुने एमालेको निर्वाचन समितिले जनाएको छ ।

Back to top button