रेश्मा बाँधिइन् वैवाहिक बन्धनमा

विराटनगर । ‘टिकटक क्विन’ का रुपमा चर्चा कमाएकी नायीका तथा मोडल रेश्मा घिमिरे वैवाहिक जीवनमा बाँधिनुभएको छ । अमेरिकामा बस्दै आउनुभएका प्रभात बाबुसँग आज उहाँको विवाह भएको हो ।

विराटनगरको एक रिसोर्टमा भएको रेश्मा र प्रभातको विवाह समारोहमा सीमित आफन्त, साथीभाइ र केही कलाकार उपस्थित भएका छन् । रेश्माले गत वर्ष अमेरिकामा बस्ने प्रभातसँग इन्गेजमेन्ट गर्नुभएको थियो ।

इन्गेजमेन्ट गरेको एक वर्षपछि उनीहरु विवाह बन्धनमा बाँधिनुभएको हो । रेश्माका श्रीमान् प्रभात अमेरिकामा चिकित्सा विज्ञानको अध्ययन गरिरहनुभएको छ ।

२५ वर्षीया रेश्मा घिमिरे पेशाले नर्स हुनुहुन्छ टिकटकबाट चर्चा कमाउनुभएको हो भने उहाँले यो साइनो मायाको चलचित्रमा नायीकाको अभिनय गर्नुभएको छ । पछिल्लो समय उहाँले म्युजिक भिडियोहहरुमा समेत अभिनय गर्दै आउनुभएको छ ।

Back to top button