केन्द्रीय सदस्य पदमा चुनाव नगराउन मतदानको समय सारियो

चितवन । नेकपा एमालेको चितवनमा जारी दशौं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्य पदमा चुनाव नगराउन भन्दै मतदानको समय सारिएको छ । आज राति ९ बजेबाट मतदान हुने भनिए पनि कम्तिमा केन्द्रीय सदस्य पदमा चुनाव नगराउन मतदानको समयदुई घण्टा बढी  सारिएको हो ।

३०१ सदस्य निर्वाचित हुनुपर्ने केन्द्रीय कमिटीका लागि ३३१ जनाले मनोनयन दर्ता गराएकोमा केहीले फिर्ता लिएका छन् । बाँकीलाई पनि फिर्ता लिन लगाएर केन्द्रीय सदस्य बाहेक पदाधिकारीमा मात्र चुनाव गराउने तयारी छ ।

अधिकांश उम्मेदवारले फिर्ता लिइसकेकाले केहीलाई मनाएर छिटोछरितो मतदानको तयारीका लागि समय सारिएको निर्वाचन आयोगका अध्यक्ष डा. बिजय सुब्बाले बताउनु भयो ।
पदाधिकारीमा भने अध्यक्ष, उपाध्यक्ष र सचिवमा चुनाव हुने भएको छ । मतदानको समय अनिश्चित भएपछि प्रतिनिधिहरु अन्यौलमा परेका छन् ।

Back to top button