एमालेको महाधिवेशनमा मतदान जारी‚ एकै पटक ६९ जनाले भोट खसाल्ने व्यवस्था

चितवन। एमालेमा सहमतिको प्रयास असफल भएपछि आइतबार राति ४ बजेदेखि अध्यक्ष, उपाध्यक्ष, सचिव र १२६ केन्द्रीय सदस्य पदका लागि मतदान जारी रहेको छ । भोटिङ सेसनमार्फत भोट हाल्न हाल्न सकिन व्यवस्था गरिएको छ। एक पटकमा ६९ जनाले भोट गर्न सकिने जनाइएको छ।

अध्यक्षमा केपी शर्मा ओली र भीम रावल उम्मेदवार छन् । ६ वटा उपाध्यक्ष पदमा अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, सुरेन्द्र पाण्डे‚ युवराज ज्ञवाली‚ सुवासचन्द्र नेम्बाङ, रामबहादुर थाप र घनश्याम भुसाल चुनावी मैदानमा रहनु भएको छ ।

यस्तै‚ सात सचिव पदमा टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट‚ पद्मा अर्याल‚ भीम आचार्य र टंक कार्कीले उम्मेदवार रहनु भएको छ । ओली बनाएकार सर्वसम्मतको सूचीमा भीम आचार्य र टंक कार्कीको नाम समावेश थिएन।

 

Back to top button