कसैमाथि निषेध हुदैन : महासचिव पोखरेल

सौराहा । नेकपा एमालेका नवनिर्वाचित महासचिव शंकर पोखरेलले कसैमाथि निषेध नगरिएको बताउनुभएको छ । एमालेमा फरक विचार राख्दैमा निषेध नगरिने भन्दै उहाँले त्यसैकै लागि मतदानमा गएको समेत स्पष्ट पार्नुभयो ।

महाधिवेशनस्थलमा भइरहेको मतदान केन्द्रमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै पोखरेलले भीम रावलले उपाध्यक्ष रहन अस्वीकार गरेकाले निर्वाचनमा जानुपरेको बताउनुभयो ।

महासचिव पोखरेलले भन्नुभयो,‘उहाँले म अध्यक्षको उम्मेदवार हुँ, उपाध्यक्ष रहन्न भनेपछि स्वभाविक रुपमा प्रक्रिया सुरु भएको हो ।

Back to top button