एमाले महाधिवेशन : मतदान सकियो, केहिबेरपछि नै मत गणना हुने

सौराहा। नेकपा एमालेको जारी महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि भएको मतदान सकिएको छ ।

बिहान ४ बजेदेखि सुरु भएको मतदान भर्खरै सकिएको हो । २ हजार १ सय ५३ मतदाता मध्ये अहिले २ हजार ९२ जनाले मतदान गरेको निर्वाचन आयोगका सदस्य हरिशरण दाहालले जनाएका छन्।

बन्दसत्रबाट केन्द्रीय कमिटी घोषणा गर्ने सर्वाधिकार पाएका अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरेको सूचीप्रति केही नेतासँगै प्रतिनिधिले सन्तुष्टए जनाएपछि निर्वाचन प्रकृया अघि बढेको हो ।

चुनावमा अध्यक्षका लागि निवर्तमान अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष भीम रावल प्रतिस्पर्धामा हुनुहुन्छ । त्यस्तै उपाध्यक्षका लागि ओलीले घोषणा गरेकाबाहेक घनश्याम भुसाल मैदानमा हुनुहुुन्छ ।

सचिवमा पनि ओलीले घोषणा गरेकाबाहेक भीम आचार्य र टंक कार्की चुनाव लड्नुभएको छ । आचार्य यसअघि पनि सचिव हुनुहुन्थ्यो ।

वरिष्ठ, उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शंकर पोखरेल र उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल निर्विरोध निर्वाचित हुनुभएको छ । सदस्यहरुका लागि पनि मतदान भएको छ ।

Back to top button