एमाले महाधिवेशन : निर्वाचितको सपथग्रहण र पहिलो बैठक आजै

सौराहा । नेकपा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको शपथग्रहण र पहिलो बैठक महाधिवेशन स्थल सौराहामा नै हुने भएको छ ।

केन्द्रीय निर्वाचन आयोगले नवनिर्वाचित केन्द्रीय कमिटीको शपथग्रहण र पहिलो बैठक सौराहामै गर्ने तय गरेको हो । नेकपा एमालेले १० औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरुको सपथग्रहण चितवनमा नै गर्ने तयारी गरेको छ ।

शपथग्रहण कार्यक्रम मत परिणाम सार्वजनिक भएलगत्तै हुने भएको हो । नेतृत्व चयनका लागि भएको मतदानको मतगणना अन्तिम चरणमा पुगेको छ ।

Back to top button