नेपाली कांग्रेसका ५७ जिल्लामा अधिवेशन सम्पन्न ( कुन समूहका कति ? हेरौं सूचिसहित )

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत हिजोसम्म ५७ वटा जिल्लामा अधिवेशन सम्पन्न भएको छ । अधिवेशन सम्पन्न भएका जिल्लामा वडा, स्थानीय तह, प्रदेश सभा र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन भई जिल्ला कार्यसमिति चयन भएको हो ।

प्रदेश दुईका आठ जिल्लासहित २० जिल्लामा भने अधिवेशन हुन बाँकी छ । मोरङमा सोमबार कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि आज दोस्रो चरणमा सभापतिको निर्वाचन भइरहेको छ ।

५७ जिल्लामा नयाँ नेतृत्व चयन भइसक्दा संस्थापन समूह बलियो अवस्थामा देखिएको छ । संस्थापन पक्षले २९ जिल्लामा नेतृत्व हात पारेको दावी गरेको छ ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले २६ जिल्लामा सभापति जितेको छ भने कांग्रेसभित्र तेस्रो धारका रुपमा चिनिने पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहले २ जिल्लामा जित हात पारेको छ ।

Back to top button