सिन्धुलीको हार्डवेयर गोदाममा आगलागी

काठमाडौं । सिन्धुलीको कमलामाई नगरपालिका–६ रातामाटास्थित एक हार्डवेयर गोदाममा आगलागी भएको छ ।

आज बिहान करिब १० बजेतिर साह आइरन एण्ड इलेक्ट्रिक सेन्टरमा लागेको आगो दुधौली, बर्दिबास र रामेछापबाट समेत दमकल मगाएर नियन्त्रणमा लिइएको छ ।

जिल्ला प्रहरी प्रमुख एसपी गोविन्द थपलियाले ठूलो आगलागी भएकाले अन्यत्रबाटसमेत दमकल मगाएर आगो नियन्त्रणमा लिइएको जानकारी दिनुभयो ।

‘उहाँले भन्नुभयो,आगो ठूलो थियो, हाम्रो यहाँको एउटा मात्र दमकलले नसक्ने भएपछि थप तीनवटा दमकल मगाउनुपर्यो । अहिले अवस्था नियन्त्रणमा छ ।’ आगो निभाउन नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको टोली परिचालन गरिएको थियो ।

सिकन्दर साहसहित दुई जनाको स्वामित्वमा रहेको उक्त गोदामका धेरै सामान जलेर नष्ट भएको एसपी थपलियाले बताउनुभयो ।बिजुलीको तार सट भएर आगलागी भएको र आगलागीबाट करोडौंको क्षति भएको उहाँले जानकारी दिनुभयो ।

Back to top button