घनश्याम भुसाल उपाध्यक्षमा पराजित

सौराहा । नेकपा एमालेको दशौं महाधिवेशनबाट घनश्याम भुसाल उपाध्यक्षमा पराजित हुनुभएको छ । अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मतिका लागि पेस गरेको सूचीमा असहमति जनाउँदै भुसालले उपाध्यक्षमा उम्मेदवारी दिनुभएको थियो ।

आज सार्वजनिक मतपरिणाम अनुशार भुसालले अरू ६ जना उम्मेदवारभन्दा कम मत पाउनुभएको हो । उपाध्यक्षमा सबैभन्दा धेरै अष्टलक्ष्मी शाक्यले मत पाउनुभएको छ भने दोस्रोमा सुरेन्द्र पाण्डेले धेरै मत पाउनुभएको छ ।

उपाध्यक्षमा रामबहादुर थापा बादल, सुवास नेम्वाङ, सुरेन्द्र पाण्डे, विष्णु पौडेल, युवराज ज्ञवाली निर्वाचित हुनुभएको छ । भुसालले ७२५ मत पाउँदा अष्टलक्ष्मी शाक्यले १९७६ मत पाउनुभएको छ भने पाण्डेले १९२५ मत ल्याउनुभएको छ ।

यस्तै विष्णु पौडेलले १८५६, सुवास नेम्वाङले १८६५, युवराज ज्ञवालीले १८४२ र बादलले १७६८ मत ल्याउनुभएको छ । एमाले अध्यक्ष केपी ओलीले भुसालबाहेक ६ जनालाई उपाध्यक्षमा प्रस्ताव गर्नुभएको थियो ।

Back to top button