केन्द्रीय सदस्यहरूलाई नेता झैँ व्यवहार देखाउन अध्यक्ष ओलीको निर्देशन

काठमाडौं । नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले नवनिर्वाचित केन्द्रीय सदस्यहरुलाई ‘नेता झैं व्यवहार देखाउन’ आग्रह गर्नु भएको छ ।

पार्टीका पुराना केन्द्रीय सदस्यहरुले नयाँ आएकाहरुलाई असल तौरतरिका सिकाउन पनि ओलीले दिर्नेशन दिनु भयो ।उहाँले भन्नु भयो , ‘नयाँले उत्सुकता र जागरुकताका साथ सिक्ने काम गर्न जरुरी छ । नेता झैं व्यवहार गर्नुस । शालिनता र विनम्रताका साथ व्यवहार गर्नुस । घमण्ड र अहंकार छोड्नुस । अहंकारी नेता हुँदैन र नेता अहंकारी हुँदैन ।’

ओलीले आफूहरु जनताका सेवक भएको समेत बताउनु भयो । विनम्रताका साथ देश र जनताको सेवामा समर्पित हुनुपर्ने उहाँको भनाइ छ ।

 

Back to top button