आईटीएफ तेक्वान्दोका उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई सम्मान

विराटनगर । आईटीएफ तेक्वान्दोका उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई मंगलवार सम्मान गरिएको छ । प्रदेश १ आईटीएफ तेक्वान्दो संघको २० औँ वार्षिक उत्सवका अवसरमा विराटनगरमा खेलाडी तथा प्रशिक्षकलाई प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले सम्मान गर्नु भएको हो ।

पुरस्कृत एवं सम्मानित हुने उत्कृष्ट खेलाडीमा पुरुषतर्फ झापाका मिसन श्रेष्ठ र महिलातर्फ झापाकै दीक्षा लिम्बू रहन भएको छ । त्यस्तै आईटीएफ तेक्वान्दोमा मोरङका राजेन्द्र धिमाल प्रदेशकै उत्कृष्ट प्रशिक्षक र मोरङकै नितेश खवास उदियमान प्रशिक्षक घोषित हुनुभएको छ ।

आईटीएफमा प्रदेश १ कै उत्कृष्ट जिल्ला सुनसरी बनेको छ । मोरङको कानेपोखरी डोजाङलाई पनि उत्कृष्ट घोषित गर्दै सम्मान एवं पुरस्कृत गरिएको छ ।

उत्कृष्ट प्रशिक्षक, खेलाडी, जिल्ला र डोजाङलाई मुख्यमन्त्री राईले नगद ५ हजार रूपैयाँ सहित सम्मान पत्र प्रदान गर्नु भएको छ ।
कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले प्रदेश सरकारसँग बजेट अभाव रहे पनि खेलकुदको विकासका लागि योजना बनाएरै अघि बढ्ने बताउनु भएको छ ।

आईटीएफ तेक्वान्दो संघका प्रदेश अध्यक्ष एवं केन्द्रीय उपाध्यक्ष प्रवीण कार्कीले खेलाडीहरूलाई हौसला प्रदान गर्न सम्मान गरिएको बताउनु भएको छ ।

Back to top button