राप्रपाको एकता अधिवेशन आजदेखि

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा)को एकता महाधिवेशन आजदेखि सुरु हुँदैछ । भृकुटीमण्डपमा सुरू हुने महाधिवेशन तीन दिनसम्म चल्नेछ ।

महाधिवेशन प्रचारप्रसार समितिका संयोजक मोहन श्रेष्ठका अनुसार महाधिवेशनमा करिब ४ हजार ४ सय प्रतिनिधि सहभागी हुनेछन् ।

 महाधिवेशनले कुल १९९ सदस्य कार्य समितिमा ७५ प्रतिशत अर्थात् अध्यक्षसहित १४७ जना प्रत्यक्ष निर्वाचित गर्नेछ भने बाँकी २५ प्रतिशत अर्थात् ५२ जना निर्वाचित कार्य समितिले मनोनीत गर्नेछ ।

आगामी अध्यक्षका लागि वर्तमान अध्यक्ष कमल थापा र महामन्त्री राजेन्द्रप्रसाद लिङ्देन आकांक्षी हुनुहुन्छ । तीन जना अध्यक्षमध्ये प्रकाशचन्द्र लोहनीले लिङ्देनलाई समर्थन गर्ने घोषणा गर्नुभएको छ भने पशुपति शमसेर राणाले निर्वाचन नलड्ने घोषणा गर्नुभएको छ ।

Back to top button