होटलमा तास खेल्दै गर्दा १ लाख ५७ हजार सहित ७ जना पक्राउ

विराटनगर । झापाको दमक नगरपालिका–६ फागुनन्द चौक स्थित पवन लिम्बुको परदेशी होटलको कोठामा तास खेल्दै गर्दा ७ जनालाई प्रहरीले नगद सहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा होटल संचालक दमक नगरपालिका–६ का ५० बर्षिय पवन लिम्बु, दमक–१ का ३५ बर्षिय भक्तीश्वर देवान, दमक–२ का ४५ बर्षिय प्रमोद लिम्बु, दमक–९ का ३५ बर्षिय रमेश महतो, पाँचथर फाल्गुनन्द–८ का ४२ बर्षिय बबिन सुब्बा आङदेम्वे, ईलाम चुलाचुली–१ का ४३ बर्षिय रुपचन्द्र राई र मोरङ पथरीशनिश्चरे–१ का ४७ बर्षिय राज कुमार श्रेष्ठ रहेका छन् ।

हिजो बेलुकी साढे ४ बजे बिशेष सुचनाको आधरमा पक्राउ परेकाहरुलाई तास खेलिरहेकै अवस्थामा नगद रु.१ लाख ५७ हाजर र तीन बुङ तास सहित ईलाका प्रहरी कार्यालय दमकले पक्राउ गरेको हो ।

पक्राउ परेकालाई इलाका प्रहरी कर्यालय दमकले थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

Back to top button