हारेपछि संस्थापन पक्षको आरोप, चुनावमा धाँधली भयो

विराटनगर । नेपाली काँग्रेस मोरङको सम्पन्न महाधिवेशनमा धाँधली भएको संस्थापन समूहले आरोप लगाएको छ ।

आज विराटनगरमा पत्रकार सम्मेलन आयोजना गरी नेपाली काँग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालले पार्टीको आन्तरिक निर्वाचनमा संस्थापन इतर समुहले शत्ति र पैशाको आडमा चुनाव जितेको आरोप लगाउनु भएको छ । उहाँले निर्वाचन समिति समेत निश्पक्ष नभएको आरोप समेत लगाउनु भएको छ ।

प्रधानमन्त्री समेत रहनु भएका सभापति शेर बहादुर देउवाले समेत मोरङको अधिबेशनमा असहयोग गरेको उहाँले बताउनु भयो । ‘बुधबार मात्रै निर्वाचन गर्ने भनेर प्रधानमन्त्रीले भन्नु भयो उहाँसँगै रहनु भएका रक्षामन्त्रि मिनेन्द्र रिजालले पनि त्यहि सहमति गर्नु भएको थियोे’, उहाँले भन्नु भयो,‘पछि साँठगाठ गरेर मंगलवारनै चुनाव गरीयो ।’

मन्त्री रिजालले मगलवार मात्रै आँउछु भोलिको निवार्चन तालिका निकालौ भनेर हामिसँग सल्लाहा गरे पनि उहाँ सोमवार दिउसो २ बजे आएर मगलवारको निर्वाचन समितिलाई कार्यतालिका सार्वजनिक गर्न लगाएको उहाँको भनाइ रहेको छ । आफना पक्षका सवै मतदातालाई खबर गरेर निर्वाचन तालिका प्रकासित गरीएकाले आफु निकटका मतदातालाई खबर गर्न नपाएको समेत उहाँको भनाइ छ ।
लामो समय पार्टी राजनीतिमा योगदान गरेकाहरुलाई वडातहमै हराउनका लागि ठूलो धनराशि खर्च गर्नेसम्मका गतिविधि भएको अर्यालले आरोप रहेको छ ।

सभापतिका उमेदवार दिलिप गच्छदारले हारलाई सहर्स स्विकार गरेको बताउनु भएको छ । उहाँले बिजेता डिग बहादुर लिम्बुलाई बधाई दिदै सवैलाई मिलाएर लैजान पनि आग्रह गर्नु भएको छ । सुन्दरहरैचा नगरपालिकाका मेयर समेत रहेका शिब प्रसाद ढकालले पछिल्ला गतिविधिले नेपाली काँग्रेसलाई कमजोर बनाएको बताउनु भएको छ ।

नेपाली काँग्रेस मोरङको सम्पन्न निर्वाचनमा संस्थापन पक्षका उम्मेदवार दिलिप गच्छदार पराजित हनु भएको थियो । काँग्रेस नेता डा. शेखर कोइराला समर्थित समूहका उम्मेदवार डिकबहादुर लिम्बू निर्वाचित हनुभएको छ । कोइराला इतर समुह एक भए पनि उहाँकै समर्थकले जितेपछि संस्थापन पक्षका लागि मोरङमा चुनौति बढेको छ ।

Back to top button