देश हाम्रोलागि सर्वोपरि हो : इश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी अलग अलग भए पनि देश बनाउने, देशको स्वाभिमानको रक्षा गर्ने सवालमा हामी सबै एक हुनुपर्ने बताउनुभएको छ ।

राप्रपाको एकता महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले आन्तरिक विषयमा विचार एक नभएपनि गन्तव्य भने एउटै हुनुपर्ने बताउनुभयो ।

मुलुकको राष्ट्रिय राजनीति दुई ध्रुवमा ध्रुवीकृत हुँदै गएको उल्लेख गर्दै उहाँले राप्रपालाई देश र जनताको समृद्धितर्फको यात्रामा लाग्न सुझाव दिनुभयो । उहाँले भन्नुभयो ‘हामी राजनीतिक विचारमा जो जुनसुकै ठाउँमा उभिएका हौं, देशभन्दा ठुलो अरु हुन सक्दैन । देश हाम्रोलागि सर्वोपरि हो ।’

उहाँले देश र जनताको मुद्दालाई सर्वोपरि ठानेर अघि बढ्नुपर्नेमा जोड दिँदै भन्नुभयो,‘ जनताको जीवनस्तरमा परिवर्तन ल्याउन नसके राजनीतिक दलको उपयोगिता समाप्त हुनेछ ।’

उहाँले राप्रपाका सही मुद्दामा एमाले हातेमालो गर्न तयार रहेको बताउनुभएको छ । विगतमा जे भयो, त्यसलाई बिर्सिएर आगामी दिनमा जनताको हित, मुलुको समृद्धितर्फ अघि बढ्न हातेमालो गर्नुको विकल्प नरहेको बताउनुभयो ।

Back to top button