मोरङमा पर्सि देखी फोटो सहितको नामावली संकलन गरिँदै

विराटनगर । जिल्ला निर्वाचन कार्यालय मोरङले यही मङ्सिर १७ गते देखी  पालिकामै गएर फोटो सहितको मतदाता नामावली सङ्कलन गर्दै छ ।
दुई चरण गरेर फोटो सहितको मतदाता नामावली सङ्कलन गरिने प्रदेश निर्वाचन कार्यालय प्रदेश १ का प्रमुख लेन काश्यप अधिकारीले बताउनु भयो । पहिलो चरणमा १७ गते देखी पुस २ गते सम्म ७ वटा पालिकामा गरिने र अन्य बाकीमा दोस्रो चरणमा गरिने उहाँले बताउनु भयो । उहाँका अनुसार पहिलो चरणमा पथरी शनिश्चरे, सुनवर्षी, सुन्दरहरैचा, बेलबारी,कटहरी, बुढी गंगा र मिक्लाजुङ गाउँपालिकामा गरिने छ ।  यस्तै दोस्रो चरणमा पुस ४ गते देखी १८ गते सम्म गरिने जनाइएको छ । दोस्रो चरणमा गरिने पालिकाहरूमा लेटाङ, रतुवामाई,जहदाँ, ग्रामथान,धनपालथान, केराबारी र कानेपोखरी रहेका छन् ।
विराटनगर महानगरपालिका,उर्लाबारी नगरपालिका र रँगेली नगरपालिकाको हकमा भने  जिल्ला प्रशासन कार्यालय इलाका प्रशासन कार्यालय र प्रदेश निर्वाचन कार्यालयमा दर्ता गरिने उहाँले बताउनु भयो ।
मतदाता नामावलीमा नाम दर्ता गर्नका लागि सम्बन्धित पालिकाको केन्द्रमा व्यक्ति स्वयं उपस्थित हुनु पर्ने निर्वाचन कार्यालयले जनाएको छ । नागरिकताको प्रमाणपत्र तथा बसाइ सराइको प्रमाणपत्र वा विवाह दर्ताको प्रमाण पत्र हुनुपर्ने कार्यालयले जनाएको छ । नेपालीनागरिकता लिएका नागरी कले फोटो खिचाउन सक्ने छन् ।

Back to top button