राष्ट्रपति भण्डारी द्धारा ६ वटा अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ६ वटा अध्यादेश जारी गर्नु भएको छ । बुधबार राष्ट्रपति भण्डारीले संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा ६ वटा अध्यादेश जारी गरेको प्रवक्ता सागर आचार्यले जानकारी दिनु भयो ।

यौन हिंसाविरूद्धका केही ऐनलाई संशोधन गर्ने, फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐनलाई संशोधन गर्ने, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) (पहिलो संशोधन), तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन), सामाजिक सुरक्षा (पहिलो संशोधन) र रेल्वे अध्यादेश जारी भएका हुन्।

Back to top button