सिंहदरबारभित्र गोली चलेको घटनाको छानविन,कारवाहीमा पिएसओ

काडमाडौँ । सिंहदरबारभित्र गोली चलेको घटनामा राष्ट्रियसभाकी उपाध्यक्ष शशिकला दाहालकी निजी सुरक्षा अधिकृत (पिएसओ) अनुपमा भारतीलाई कारवाही गरिएको छ ।

प्रहरी प्रधान कार्यालयले छानविन गर्दा प्रहरी सहायक निरीक्षक भारतीको लापरवाहीले गोली चलेको निष्कर्ष निकालिएको छ । छानविन गर्दा कमजोरी देखिएपछि भारतीलाई नसियत दिइएको प्रहरी प्रवक्ता ९एसएसपी० बसन्त कुँवरले बताउनु भयो ।

कार्तिक १० मा सिंहदरबारभित्र भारतीले बोकेको पेस्तोल पड्किएको थियो । तर, गोली चल्दा कुनै क्षति भने भएको थिएन् ।

Back to top button