सर्वोच्चको समस्या समाधान गर्ने प्रयत्न गर्छु,: सभामुख सापकोटा

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतको समस्या समाधान गर्न प्रयत्न गर्ने बताउनुभएको छ ।

अन्तर व्यवस्थापिका संघ (आईपीयू) को १४३ औं सम्मेलनमा सहभागी भएर आज स्वदेश फर्कने क्रममा उहाँले भन्नुभयो, ‘म जानुभन्दा (स्पेन) पहिला नेपाल बारले ध्यानाकर्षण पत्र बुझाएको थियो । विषय जानकारीमा छ, अब कसरी अगाडि बढ्ने भनेर म सोच्छु ।’

यस्तै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाउन माग गर्दै प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष र संसदमा प्रतिनिधित्व गर्ने दललाई बारले ध्यानाकर्षणपत्र बुझाइसकेको छ ।

सापकोटाले संसदको गतिरोध अन्त्यका लागि पनि उपाय खोज्ने बताउनुभयो । ‘कसरी पहलकदमी लिने र धारणा कसरी बनाएर अगाडि जाने भन्ने कुरामाअब सोच्छु,’ उहाँले भन्नुभयो, ‘सर्वदलीय बैठक, अरू बैठक गरेर उपाय खोज्नका लागि म त्यसमै केन्द्रित भएर लाग्नेछु ।’

Back to top button