अमेरीकाको क्यालिफोर्नियामा पनि ओमिक्रोन

काठमाडौं । पछिल्लो पटक अफ्रिकामा भेटिएको कोरोना भाइरसको नयाँ भेरियन्ट, ओमिक्रोन अमेरिकामा पनि देखा परेको छ ।

अमेरिकाका स्वास्थ्य अधिकारीहरुले नयाँ भेरियन्ट बुधबार अमेरिकाको क्यालिफोर्नियामा पत्ता लागेको पाइएको समाचार दिएको विभिनन अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले उल्लेख गरेका छन् ।

यही नोभेम्बर २२ मा दक्षिण अफ्रिकाबाट आएका एक जना व्यक्तिमा सो भेरियन्ट देखिएको जानकारी क्यालिफोर्नियाको स्वास्थ्य विभागका अधिकारीहरुले दिएका हुन् । अघिल्लो हप्ता दक्षिण अफ्रिकामा पत्ता लागेको यो भाइरस विश्वका धेरै देशमा भेटिइसकेको छ ।

Back to top button