राप्रपा अध्यक्षमा उम्मेदवारी दिन १ लाख शुल्क

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दर्ता शुल्क १ लाख रुपैयाँ तोकिएको छ ।

उपाध्यक्षमा उम्मेदवारी दिन ७५ हजार, महामन्त्रीका लागि ५० हजार र केन्द्रीय सदस्यका लागि १५ हजार रुपैयाँ शुल्क तोकिएको निर्वाचन समितिका संयोजक निरञ्जन थापाले जानकारी दिनुभयो ।

हिजो सुरु भएको राप्रपा महाधिवेशनले अध्यक्ष, १ महिलासहित ४ जना उपाध्यक्ष, १ महिलासहित ३ जना महामन्त्री र १४१ जना केन्द्रीय सदस्य निर्वाचनबाट चयन हुँदैछन् ।

यस्तै निर्वाचन समितिका संयोजक थापाका अनुसार भोलीदेखि मात्र निर्वाचन कार्यक्रम सुरु हुनेछ । आजसम्म मतदाता नामावली प्रकाशन गर्ने र भोली निर्वाचन कार्यक्रम सुरु गर्ने समितिको तयारी छ ।

Back to top button