१० जना रेफ्रीद्धारा राजिनामा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा जारी ए डिभिजन लिग खेलाइरहेका १० जना रेफ्रीले राजीनामा दिएका छन् ।

शहीद स्मारक ए डिभिजन लिग जारी रहँदा एन्फाले फिटनेस लेभल टेस्ट मागेसँगै उनीहरूले राजीनामा दिएका हुन् । अहिले लिग खेलाइरहेका १२ जना रेफ्रीमध्ये ६ जनाले राजीनामा दिएको एन्फाका महासचिव इन्द्रमान तुलाधरले जानकारी दिनुभएको छ ।

अन्तर्राष्ट्रिय अभ्यास अनुशार नै ३/४ महिनामा फिटनेस लेभलको टेस्ट माग्ने गरेकाले माागिएको थियो भन्दै महासचिव तुलाधरले भन्नुभयो, ‘अहिले लिग चलिरहँदा टेस्ट दिन नसकिने ‍कुरा अध्यक्षसँग भएको रहेछ, त्यसैले ६ जनाको राजिनामा आएको छ ।

यद्यपी स्रोतका अनुशार ९ जनाले लिखित र १ जनाको मौखिक सहमतिमा राजीनामा गएको छ । शहीद स्मारक लिगको तेस्रो चरणका खेल भोलिदेखि रंगशालामा सुरु हुँदैछन् ।

तर, सबै रेफ्रीले राजीनामा नदिएकाले भोलिका खेल प्रभावित नहुने महासचिव तुलाधरले बताउनुभएको छ । यद्यपी, एन्फासँग वार्ता नभए भोलिका खेल नखेलाउने रेफ्रीले बताएका छन् । अहिले एन्फासँग दुई महिलासहित १२ जना रेफ्री छन् ।

Back to top button