मंसिर २५ गते सातै प्रदेशमा प्रदेश सम्मेलन गर्दै माओवादी, प्रदेश १को विराटचोकमा गरीने 

विराटनगर । नेकपा माओवादी केन्द्रले पार्टीको वडा सम्मेलन सफलता साथ सम्पन्न भएको निष्कर्ष निकालेको छ । बिहीवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले पार्टीको वडा अधिवेशन सफलता साथ सम्पन्न भएको निष्कर्ष निकालेको माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले बताउनु भयो ।

प्रवक्ता महराले हालसम्म पार्टीको सदस्यता ७ लाख ६ हजार ५०० पुगेको र पार्टी सदस्यता ८ लाख पुग्ने अनुमान गरिएको जानकारी दिनु भयो ।बैठकले पार्टीको राष्ट्रिय सम्मेलन निर्धारित मिति पुस ११–१३ गतेसम्म काठमाडौंस्थित प्रज्ञा भवनमा गर्ने पनि निर्णय गरेको छ ।

मंसिर २५ गते सबै प्रदेशको प्रदेश सम्मेलन गर्ने र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिउँसो १ बजे भर्चुअल माध्यमबाट उद्घाटन गर्ने कार्यक्रम तय भएको प्रवक्ता महराले बताउनु भयो ।

यस्तै प्रदेश १ को प्रदेश अधिबेशन भने विराटचोकमा गरीने भएको छ ।

Back to top button