देउवाको भाषण नसुनाउने रणनीतिले रोकियो प्रदेश १ अधिवेशन

विराटनगर । सभापति समेत रहनु भएको प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सातै प्रदेशमा प्रदेश अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम तय गरिएको थियो। तर प्रदेश १ मा भने देउवाले उद्घाटन गर्ने भएपछि उद्घाटन नै स्थगित गरिएको छ । दिउँसो २ बजेका लागि तय भएको कार्यक्रममा सहभागी हुन प्रदेशभरबाट प्रतिनिधिहरू विराटनगर अस्पताल छेउको मैदानमा भेला भएका थिए । केन्द्रीय नेताहरू कति बेला आउला र कार्यक्रम सुरु होला भन्ने पर्खाइमा थिए ।

समय घर्किदै साँझ परुन्जेलसम्म कार्यक्रम सुरु भएन । कार्यक्रम शुक्रवार बिहान ८ बजे हुने घोषणा भयो । कांग्रेसको नयाँ निर्वाचन तालिकाअनुसार बिहीबार अधिवेशन उद्घाटन गर्ने, शुक्रवार उम्मेदवारी दर्ता, उम्मेदवारी फिर्तासहितका प्रक्रिया सक्ने र शनिवार निर्वाचन गर्ने भन्ने थियो ।

अधिवेशन उद्घाटन र आयोजनाको जिम्मेवारी मोरङ जिल्ला समितिको थियो । आयोजक समितिका संयोजक मोरङका सभापति लिम्बूले केन्द्रको निर्देशन भन्दै संस्थापन पक्षले सरसल्लाहै नगरी रोकेको आरोप लगाउनु भएको छ । उद्घाटन बिहान ८ बजे गर्ने जनाइएको छ ।

Back to top button