कक्षा १२ को नतिजा सार्वजनिक

काठमाडौं । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले भर्खरै नजित सार्वजनिक गरेको हो। बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले यसबारे जानकारी दिनुभयो ।

उहाँका अनुसार ३ लाख ७४ हजार १५ परीक्षार्थीमध्ये ७ हजार ३६ जनाले ए प्लस ग्रेड ल्याएका छन्। ४८ हजार २ सय ३९ जनाले ए ग्रेड ल्याएका छन्। त्यस्तै बी प्लस ल्याउनेमा ७० हजार १ जना परीक्षार्थी छन्। बी ग्रेड ल्याउनेमा ९९ हजार ५ सय ३७ छन्।

यस्तै ७५ हजार ८८ जना परीक्षार्थीले सी प्लस ग्रेड ल्याएका छन् भने सी ल्याउनेमा २४ हजार ५ सय १५ जना रहेका छन्। डी प्लस ल्याउनेमा ३ हजार ८ सय ७५ परीक्षार्थी छन् भने डी प्लस ल्याउनेमा २ सय ९६ जना छन् । १० हजार ७३ परीक्षार्थीले इ ल्याएका छन्।

Back to top button