अस्पतालबाट डिस्चार्ज प्रधानन्यायाधीश जबरा

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा अस्पतालबाट डिस्चार्ज हुनुभएको छ ।

सशस्त्र प्रहरी अस्पताल, बलम्बुमा चार दिन उपचार गराएर प्रधानन्यायाधीश जबरा आज बिहान साढे ९ बजे डिस्चार्ज भएको अस्पतालका डा. प्रविण नेपालले बताउनुभयो ।

कोभिड निमोनिया हुनुभएका उहाँ मंसिर १३ गते अस्पताल भर्ना हुनुभएको थियो । अस्पतालले विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश जबराले ‘स्वास्थ्य लाभ गरेको’ भनेको छ ।

जबराको पिसीआर रिपोर्ट नेगेटिभ आए–नआएको चाहिँ अझैसम्म खुलाइएको छैन ।

Back to top button