विधान परिमार्जनका लागि माओवादीले पाँच सदस्यीय उपसमिति बनाउने

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले विधान परिमार्जन गर्नका लागि ५ सदस्यीय उपसमिति बनाउने निर्णय गरेको छ ।

आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटी बैठकले विधान परिमार्जनका लागि देव गुरुङ, पम्फा भुसाल, लिलामणि पोखरेल, जनार्दन शर्मा र मात्रिका यादव रहेको समिति बनाएको हो ।

त्यस उपसमितिले आउँदो मंसिर २५ गतेसम्म विधान परिमार्जन गरिसक्ने पार्टी प्रवक्ता कृष्णबहादुर महराले बताउनुभयो । उहाँले महाराले राष्ट्रिय सम्मेलनमा आउने प्रत्येक सदस्यको प्रवेश शुल्क दुई हजार रुपैयाँ तोकेको पनि बताउनुभयो ।

राष्ट्रिय सम्मेलनका लागि व्यवस्थापन उपसमितिहरु बनाइएको उहाँले बताउनुभयो । यसैगरी बैठकले हितमान शाक्यको नेतृत्वमा व्यवस्थापन उपसमिति र कृष्णबहादुर महराको नेतृत्वमा प्रचारप्रसार उपसमिति बनाउने निर्णय गरेको छ ।

त्यस्तै बैठकले राष्ट्रिय सम्मेलनका लागि स्वयंसेवक उपसमिति र स्वास्थ्य उपसमिति बनाउने निर्णय पनि गरेको छ ।

Back to top button