स्थानीय तहको चुनाव केही महीनामै हुनेछ : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहको चुनाव अबको केही महीनामै हुने बताउनुभएको छ ।

प्रदेश नम्बर १ को पार्टी अधिवेशनलाई सम्बोधन गर्दै सभापति देउवाले केही महीनामै स्थानीय तहको निर्वाचन र एक वर्षभित्र संघ र प्रदेशको चुनावमा जाने भएकोले तयारी गर्न नेता कार्यकर्तालाई निर्देशन दिनुभएको हो ।

त्यस्तै सभापति देउवाले पार्टीका सबै नेता कार्यकर्ताहरूलाई एकढिक्का भएर जनताको विश्वास जित्ने गरी चुनावमा केन्द्रित हुन निर्देशनसमेत दिनुभएको छ ।

उहाँले भन्नुभयो, ‘केही महीनामै स्थानीय तहको निर्वाचनमा जानेछौं । एक वर्षभित्र संघ र प्रदेशको निर्वाचनमा जानेछौं’ ‘त्यसैले हामी महाधिवेशनपछि तीनै तहका चुनाव केन्द्रत हुनुपर्छ ।’

उहाँले मुलुकको विकास र समृद्धिको नेतृत्व नेपाली कांग्रेसले मात्रै गर्छ पुष्टि भएको दाबी गर्दै प्रदेश अधिवशनले पार्टीलाई थप सशक्त बनाउने विश्वास पनि व्यक्त गर्नुभयो ।

Back to top button