एनआईबीएलका सेयरधनीलाई १६ प्रतिशत लाभांश दिने

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड (एनआईबीएल) को १५ औं साधारणसभाबाट सेयरधनीहरूलाई कूल १६ प्रतिशत लाभांश दिने प्रस्ताव पारित भएको छ ।

बैंक सञ्चालक समितिको प्रस्तावअनुसार साधारणसभाले १२ दशमलव ६११ प्रतिशत बोनस सेयर र चुक्ता पूँजीको ३ दशमलव ३८९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो ।

त्यस्तै केन्द्रीय कार्यालय दरबारमार्ग, काठमाडौंमा साधारणसभा आज सम्पन्न भएको बैंकले जानकारी दिएको छ । साधारणसभामा आर्थिक वर्ष २०७७७८ मा बैंकका प्रमुख उपलब्धि, भविष्यका योजना, कार्यसम्पादन लक्ष्य र रणनीतिहरूबारे छलफल भएको बैंकका अध्यक्ष श्री पृथ्वीबहादुर पाँडेले जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०७७र७८ मा बैंकको खुद नाफा ३ दशमलव ५५ अर्ब रुपैयाँ पुगेको छ भने कुल चुक्तापूँजी १८ दशमलव ३० अर्ब रुपैयाँ पुगेको छ ।

आर्थिक वर्ष २०७७÷७८ मा बैंकको निक्षेप गत आर्थिक वर्षको कुल १ खर्ब ६८ अर्ब रूपैयाँबाट बढेर १ खर्ब ७९ अर्ब रुपैयाँ पुगेको छ । यसैगरी, कुल लगानी अघिल्लो वर्षको १ खर्ब ४० अर्ब रूपैयाँबाट वृद्धि भइ १ खर्ब ६२ अर्ब रुपैयाँ पुगेको छ ।

देशभर हाल यस बैंकले ८८ शाखा, १३१ एटीएम, २० एक्सटेन्सन काउण्टरहरू, १० राजस्व संकलन काउण्टरहरू र ५८ शाखारहित बैंकिङ काउन्टर विस्तार गरेको छ । एनआईबीएलले पाँच पटकसम्म फाइनान्सियल टाइम्सबाट ‘बैंक अफ द इयर’ अवार्ड पाइसकेको छ ।

Back to top button