गुणस्तरीय शिक्षा र उत्कृष्ट नतिजासहित शैक्षिक क्षेत्रमा फड्को मार्दै एम्स 

विराटनगर । विराटनगरमा निजी क्षेत्रबाट सञ्चालन भएको पहिलो अर्थात सवैभन्दा पुरानो कलेज हो, एम्स कलेज । विराटनगर–९ कलेज रोडमा अवस्थित एम्स कलेज वि.सं. २०५९ सालमा स्थापना भएको हो ।

आफ्नै जग्गामा विश्वस्तरीय पूर्वाधारयुक्त भौतिक संरचनामा संचालित यस कलेजमा त्रिभुवन विश्वविद्यालयका चार बर्षे शैक्षिक कार्यक्रम अन्तरगत स्नातकतहका चारवटा शैक्षिक कार्यक्रम अध्यापन हुँदै आएको छ ।

बिएस्सी सिएसआइटी र बिएचएम (ब्याचलर अफ होटल म्यानेजमेन्ट), बिबिएस, बिएका बिषय अध्यापन हुने गरेको छ । एम्स कलेजले आफ्नो भौतिक संरचनादेखि कलेज व्यवस्थापनलाई समय अनुसार नयाँ ढंगले रुपान्तरण गर्दै आइरहेको छ ।

पछिल्लो समय प्रदेश १ कै ख्यातिप्राप्त एभरेष्ट एजुकेशन फाउण्डेशनमा गाभिएको छ । एभरेष्ट एजुकेशन पाउण्डेसनमा गाभिएसँगै हरेक पूर्वाधारलाई विश्वस्तरीय बनाएको एम्स कलेजले सैद्धान्तिक सिकाई मात्र नभई प्रविधिसँग जोड्दै प्रयोगात्मक सिकाईलाई उच्च प्राथमिकता दिँदै आएको छ ।

त्यसो त स्थापनाको १९ बर्षे यात्रामा कहिल्यै पनि पछाडि फर्किएर सोच्नु नपरेको एम्स र ‘एभरेष्ट एजुकेशन फाउण्डेन’ को व्यवस्थापनले विराटनगरमा अब नयाँ शैक्षिक उचाई प्राप्त गर्ने आधार तयार गरेको छ ।

एम्सले संस्कारसहितको अनुशासनलाई शिक्षा क्षेत्रमा सफल प्रयोग गर्दै आएको छ । नेता होइन, नेतृत्व जन्माउने शैक्षिक संस्थाका रुपमा एम्स स्थापित नाम हो । यस कलेजमा पठनपाठनका लागि उपयुक्त कोर्ष मात्रै नभएर राम्रो व्यवहार प्राप्त गर्ने र जीवनलाई उपयोगी बनाउने थलोका रुपमा विकास गर्दै लगेको छ ।

यहाँका अधिकांश विद्यार्थीले चौथो बर्ष तथा आठौं सेमेष्टरमा अध्ययन गर्दैगर्दा लोकसेवा आयोगलगायतका उपयुक्त रोजगारका क्षेत्रमा सफलता हाँसिल गर्दै आएका छन् । चौथो बर्ष पुग्नु अगावै कुनै संस्थाको नेतृत्व गर्न सक्ने क्षमताको विकास गर्न, र असल तथा दक्ष नागरिक बन्न आवश्यक व्यवहारलाई कलेजले बढि प्राथमिकताका साथ विद्यार्थीको सिकाईलाई ध्यान दिएको छ ।

हरेक कम्पनी, स्कुल, कलेज, मिडिया, तारे होटल, बैंक, उद्योग, व्यापार, जुनसुकै संघ संस्थालाई आवश्यक संस्कार सहितको दक्ष जनशक्त उत्पादन गर्ने थलोका रुपमा स्थापित हुदै छ एम्स कलेज । एम्स कलेजमा पढेपछि जागिरको सुनिश्चितता त छ नै तर उद्यमी बनेर अरुलाई रोजागार दिलाउने हुनुपर्छ भन्ने मान्यता स्थापित गर्न कलेजले सम्पूर्ण ध्यान पु¥याएको छ ।

विश्वस्तरीय पूर्वाधार

विश्वस्तरीय पूर्वाधारलाई यस कलेजले पुरा गर्ने सोचका साथ अहिले पूर्वधारमा लगानी गरिरहेको जनाइएको छ । नयाँ व्यवस्थापनपछि कलेजलाई अझ उत्कृष्ट बनाउन पूर्वाधारलाई शत्प्रतिशत परिवर्तन गरिएको छ ।

हरेक क्षेत्रमा आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्ने र मानवश्रोत विकास केन्द्रका रुपमा कलेजलाई अगाडि बढाउने तर्फ कलेजले प्रतिवद्धता जनाएको छ । कलेजलाई शैक्षिक वातावरणयुक्त बनाउन प्रत्येक संकायका लागी आवश्यक भिन्नाभिन्नै प्रयोगशालाको निर्माण गरिएको छ । बिबिएस अध्ययन गर्ने विद्यार्थीहरुकालागि छुट्टै कम्प्युटर ल्याबको व्यवस्था गरिएको छ ।

विद्यार्थीहरुलाई व्यक्तित्व विकासकालागी समूहमा बसेर कार्ययोजना बनाउनका लागि निरन्तर तालिम तथा छुट्टै बैठक कक्षको व्यवस्था छ । प्रत्येक कक्षाकोठा वातानुकुलित रहेको एम्समा विद्यार्थीलाई प्रविधिसँग उसैगरि जोडिएको छ । इन्टरनेटको उपलब्धता मात्र नभई अनिवार्य कम्प्युटरको प्रयोग प्रत्येक कक्षा कोठामा प्रोजेक्टरबाट अध्यापन गराइन्छ ।

शुद्धखाने पानीका लागि मिनिरल वाटर प्लान्ट जडान गरिएको छ । विश्व स्तरीय क्याफेटेरीको निमार्ण गरिएको छ भने खेललाई समेत उच्च प्राथमिकतामा राखिएको छ ।

यस्तै एम्सको आफ्नै खेल मैदान छ जहाँ फुटबल, भलिबल, बास्केट बल, क्रिकेट, टेबल टेनिसका साथै सम्पूर्ण खेलहरु खेल्न सकिनेछ । विद्यार्थीका लागि स्विमिङ पुलको समेत निर्माण गरिएको छ । सम्पूर्ण शैक्षिक वातावरण तथा भौतिक पूर्वाधार विद्यार्थीमैत्रि छन् ।

विएस्सी सिएसआईटीमा दुई पटक पूर्वाञ्चल प्रथम

प्राविधिक शिक्षाको मुल उद्देश्य विज्ञानको बढ्दो फड्कोमा शैक्षिक जनशक्तिलाई पनि समाहित गर्दै लैजानु र देशको प्रगतिका लागि नयाँ नयाँ आधारहरु निर्माण गर्दै जानु हो ।

यस कलेजले चार बर्षे विएस्सी सिएसआइटी अन्तरगत सफ्टवेयरको विकास, वेभ विकास, नेटवर्क, डाटाबेस, कम्प्युटर प्रणाली र त्यसको सुरक्षालगायतका अनेकौं क्षेत्रमा दक्ष शैक्षिक जनशक्ति उत्पादन गर्दै आएको छ । वर्ड प्रेस क्लव, नेटवर्किङ क्लव, विद्यार्थीले चाहेका तालिम कार्यक्रम पनि सञ्चालन गर्दै आएको एम्सले विएस्सी सिएसआइटी संकायमा अब्बलता प्रमाणित गरिसकेको छ । वि.सं. २०७० र २०७१ सालमा पूर्वाञ्चलमै विएस्सी आइटीतर्फ प्रथम भई एम्सले अब्बलता प्रमाणित गरेको हो ।

यस कलेजमा विएस्सी सि एस आइटी अध्ययनरत विद्यार्थीहरुले पनि आफुले उचित कलेज छनौट गरेको बताउँदै आएका छन् । आइटी क्षेत्रमा अब्बल ठहरिएका शिक्षक तथा श्रोत जनशक्तिको व्यवस्था गरी विद्यार्थीको चाहना अनुसार नै अध्यापन हुँदै आएको विद्यार्थीहरु बताउँछन् ।

विएस्सी सिएसआइटी अध्ययनरत विद्यार्थीहरुका लागी छुटै आइटी कम्पनी खोल्ने तयारीमा रहेको कलेजले त्यसमा विद्यार्थीहरुको सम्लग्नता रहने जनाएको छ । आइटी अध्ययन गर्ने विद्यार्थीहरुका लागी आवश्यक छुट्टै कम्प्युटर ल्याव, माइक्रो प्रोसेसर तथा डिजिटल ल्याब, फिजिक्स ल्याबको व्यवस्था रहेको एम्स कलेजमा रिसर्च ल्याबको समेत व्यवस्थागरि विद्यार्थीहरुलाई क्षमतावान बनाउने प्रयत्न गरिएको छ ।

बि.एच.एममा प्रदेश प्रथम सहित नसोचेको फड्को

एम्स कलेजमा त्रिविविबाट सम्बन्धन प्राप्त म्यानेजमेन्ट संकाय अन्तरगत स्नातक तहको ब्याचलर अफ होटल म्यानेजमेण्ड (बि.एच.एम) संचालित छ । एम्सको एउटा विशेषताभित्र वि.एच.एम पनि पर्दछ ।

आफ्ना विद्यार्थीलाई अब्बल बनाउने , सिकेका कुरालाई तत्काल अभ्यास गराउने रियल इन्डष्ट्रिका रुपमा कलेज परिसर भित्रै एम्स लाईभ बेकरी तथा कफी हाउस र आफ्नै तीन तारे होटल सञ्चालन गरेको छ । जहाँ विद्यार्थीहरुले दैनिक अभ्यास गर्ने मौका पाउँछन् । यति मात्र नभएर एम्सले आफ्ना कलेजमा पढेपछि प्रयोगात्मक कार्यमा विराटनगर बाहिरका पनि तारे होटलसँग सहकार्य गर्दै आएको छ ।

होटल म्यानेजमेन्टमा सवैभन्दा धेरै विद्यार्थी अध्ययनरत एम्स कलेजले आधुनिक सुविधायुक्त रेष्टुरेन्ट निर्माण गरी होटल म्यानेजमेन्टका विद्यार्थीलाई व्यवहारिक कक्षाको अनुभूति दिलाउने गरेको छ । होटल इन्डष्ट्रिमा आबद्धहुन आवश्यक पर्ने सम्पूर्ण सिकाईका कुराहरु नछुट्ने र विद्यार्थीहरु ढुक्क भएर अध्ययन गर्न सक्ने शैक्षिक सँस्थाका रुपमा एम्स स्थापित छ ।

बिएचएम अध्ययन गर्ने विद्यार्थीका लागी विश्व स्तरीय रेस्टुँरा, बार, ल्याबको व्यवस्था रहेको एम्समा धेरै विद्यार्थीले एक साथ अभ्यास गर्न सक्ने गरि सम्पूर्ण पूर्वाधारयुक्त ठूलो किचन (प्रडक्सन) बनाएको छ । हाउसकिपिङका लागि स्विटरुमको समेत व्यवस्था भएको यस कलेजमा फ्रन्ट अफिस सिकाईका निम्ति कलेजले ल्याब सहितको फ्रन्ट अफिस निर्माण गरेको छ ।

बिबिएसमा उत्कृष्टता कायमै 

उद्योग, व्यापार र सार्वजनिक प्रशासनलगायतका अन्य क्षेत्रमा व्यवसायिक दक्षता भएका शैक्षिक जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएको एम्सले सोहि अनुशारको वातावरणमा अध्यापन गराउँदै आएको छ ।

एम्समा अध्ययन गर्नुको अर्थ शैक्षिक करिकुलम पुरा गर्नुमात्रै होइन, बरु प्राज्ञिक र दक्ष जनशक्तिका रुपमा आफुलाई निखारेर तयार गर्नु हो भन्ने विद्यार्थीलाई ज्ञात गराउने एम्सले व्यवहारिक शिक्षामा जोड दिँदै आएको छ । त्यसैले बिबिएसमा पाएको उत्कृष्टतालाई कायम राख्दै आएको छ ।

बिबिएस अध्ययन गर्ने विद्यार्थीका लागि छुट्टै कम्प्युटर ल्याब निर्माण गरेको यस कलेजले विद्यार्थीहरुलाई क्षेत्रगत रुपमा आवश्यक पर्ने सिप सिकाउँदै आएको छ । उद्यमी बन्न हौसला प्रदान गर्ने कलेजले विद्यार्थीहरुलाई विभिन्नकिसिमका परियोजना दिँदै त्यसमा अभ्यास गराउने गरेको छ ।

यस्तै लोकसेवा आयोगमा रहर गर्ने विद्यार्थीहरुलाई लक्षित गर्दै विभिन्न कार्यक्रमहरु समेत सञ्चालन गर्दै आएको छ । यस्तै विद्यार्थीहरुको क्षमताको अभिवृद्धि गर्न प्रत्येक हप्ता विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । विविध क्षेत्रमा ख्याती प्राप्त व्यक्तिहरुबाट निरन्तर तालिम तथा आवश्यक कार्याशाला गराउने एम्सले नेतृत्व विकासका लागि विद्यार्थी क्लबहरु गठन गर्दै नेतृत्व चयन गर्ने जिम्मेवारी र कर्तव्यको पाठ पढाउँदै आएको छ ।

Back to top button