कांग्रेस प्रदेश १ सभापतिमा घिमिरे र थापाबिच प्रतिस्पर्धा

विराटनगर ।  नेपाली कांग्रेसको  प्रदेश १ मा सभापतिमा गुरुराज घिमिरे र उद्धव थापाबिच प्रतिस्पर्धा हुने भएको छ । उहाँहरूले आज आ–आफ्नो प्यानल सहित मनोनयन दर्ता गराउनु भएको छ । थापा कृष्ण प्रसाद सिटौला समूहका रूपमा चिनिनु हुन्छ ।  उहाँ दुई पटक झापा कांग्रेसको सभापति समेत बनिसक्नु भएको छ ।
संस्थापन इतर समूह बाट उठ्नु भएका  घिमिरे नेपाल विद्यार्थी सङ्घका पूर्व सभापति समेत भइसक्नु भएको छ । उहाँ पार्टीको केन्द्रीय सदस्य समेत हुनुहुन्छ ।
नेतृत्व चयनका लागि भोलि चुनाव हुने प्रदेश निर्वाचन समितिले जनाएको छ ।

Back to top button