संसद् बैठक रोकेर रोकिँदैन : प्रचण्ड

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् पुनःस्थापनका लागि न्यायपालिकाबाट सकारात्मक काम भएको बताउनु भएको छ ।

पत्रकारसँग शुक्रवार कुराकानी गर्दै उहाँले संसद् पुनःस्थापनाका लागि न्यायपालिकाबाट भएको सकारात्मक कामको गुन तिर्ने बताउनु भएको छ ।न्यायपालिकालाई सहयोग गर्दै जाने उहाँको भनाइ थियो । प्रधानन्यायाधीश डिस्चार्ज भएर आएको भन्दै उहाँले अब फेरि सत्ताधारी गठबन्धन दल बसेर सल्लाह गर्ने बताउनु भएको छ ।

फरक प्रसङ्गमा अध्यक्ष दाहालले सरकारले मंसिर २८ गतेका लागि आह्वान गरेको संसद् बैठकले आफ्ना नियमित कामलाई अघि बढाउने बताउनु भयो । एमालेले संसद् बैठक अवरुद्ध गर्ने भनेको छ नि भन्ने पत्रकारको प्रश्नमा उहाँले भन्नुभयो, ‘उहाँहरूले शुरूदेखि नै अवरोध गरिराख्नुभएको छ तर अधिवेशन पनि चल्यो, बजेट पनि प्रस्तुत भयो, पारित पनि भयो । त्यसैगरी चल्छ । उहाँहरूको नियत चाहिँ ठीक छैन भन्ने कुरा पूरै नेपालीले देखिसकेका छन् ।’

Back to top button