९ पदाधिकारीका लागि २० जनाको उमेदवारी

विराटनगर । नेपाली कांग्रेसको प्रदेश अधिवेशन अन्तर्गत ९ पदाधिकारीका लागि २० जनाले उमेदवार दिएका छन् । सभापति पदमा गुरु घिमिरे र उद्धव थापाले उम्मेदवारी दिनुभएको छ ।

२ जना उपसभापतिका लागि ४ जनाको उम्मेदवारी परेको छ । उपसभापतिमा गोविन्द ढुंगाना, टंक राई, विश्वनाथ रिजाल र रमेशजंग रायमाझीले उम्मेदवारी दिनुभएको छ ।२ जना महामन्त्रीका लागि ४ जनाको उम्मेदवारी परेको छ । जसमा दिपेन श्रेष्ठ, भूपेन्द्र राई, उमेश थापा र पदमसुन्दर पालुङ्गाले उमेदवारी दिनु भएको हो ।

सहमहामन्त्री महिला २ र खुला २ गरी ४ जना हुने व्यवस्था भए पनि १० जनाले उम्मेदवारी दिनुभएको छ । । उम्मेदवारी दिनेमा प्रमिला गच्छदार, मानबहादुर लिम्बू, अन्जना ताम्ली, रोहित साह, सुभचद्र राई, सीता कार्की, वीरकाजी राई, विनोदकुमार बस्नेत, खड्गबहादुर फागो र इन्दिरा थापा रहनु भएको छ ।

Back to top button