एभरेष्टको उत्कृष्टता कायमै, कक्षा १२ मा शतप्रतिशत नतिजा

विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट बोर्डिङ स्कुलले आफ्नो उत्कृष्टतालाई कायमै राखेको छ । हिजो प्रकाशित कक्षा १२ को परिक्षाफलमा शतप्रतिशत उत्तिर्णको नतिजा निकाल्दै एभरेष्टले आफ्नो उत्कृष्टतालाई कायम राख्न सफल भएको हो ।

१ सय ६२ जनाले दिएको कक्षा १२ को परिक्षामा १६ जनाले ए प्लस, १११ जनाले ए, ३१ जनाले बि प्लस र ४ जनाले बि ग्रेड ल्याउन सफल भएका छन् ।

कोरोना कहरका बिच भएको शिक्षण सिकाई र विद्यार्थीको मेहनतका कारण राष्ट्रिय परीक्षा बोर्डले लिएको कक्षा १२ को परिक्षाफलले एभरेष्टको उचाई थप बढाएको छ । निश्चित संख्यामा विद्यार्थी भर्ना लिई गुणस्तरीय शिक्षामा जोड दिँदै आएको एभरेष्टले नर्सरी देखि स्नातक तहसम्मको अध्यापन गराउँदै आएको छ ।

चाँडै स्नातकोत्तरको समेत अध्यापन गराइने एभरेष्टका प्रिन्सिपल टिकाराम पुरीले बताउनुभएको छ । एभरेष्ट एकजुकेशन फाउण्डेसन अन्तर्गत रहेको एभरेष्ट स्कुलले आफ्ना भौतिक संरचनाहरुलाई विश्वस्तरीय बनाउँदै लगेको छ भने शिक्षण सिकाईलाई समेत उस्तै प्रभावकारी बनाउँदै लगेको छ ।

एभरेष्टका उत्पादन विश्वबजारमा सहजै बिक्नसक्ने हुनुपर्छ भन्ने मान्यता राख्ने प्रिन्सिपल पुरीले शिक्षण सिकाई सैद्धान्तिक, प्रयोगात्मक, प्रविधिमैत्रि र नैतिक शिक्षाको सन्तुलनसहितको हुनुपर्नेमा जोड दिँदै आउनुभएको छ । ‘विश्वस्तरीय भौतिक पूर्वाधार, विश्वस्तरीय सिकाई’ नाराका साथ अघि बढेको  फाउण्डसेन अन्तर्गतका शिक्षण संस्थाका हरेक कक्षा कोठालाई वातानुकुलित र प्रविधिजडित बनाएको छ ।

विद्यालयस्तरदेखि नै उत्कृष्टता हासिल गर्दै अघि बढेको एभरेष्टको विद्यालयस्तरमा छ पटक राष्ट्रिय तथा क्षेत्रीय पुरस्कार प्राप्त गरेको छ । २०७४ सालमा देशभरकै उत्कृष्ट हुँदै तात्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीबाट नगद दुई लाख सहित , शिल्ड, प्रमाण–पत्र र राष्ट्रिय झण्डाबाट पुरस्कृत भएको यस एभरेष्टले कक्षा ११ को प्रारम्भमा नै व्यवस्थापन संकायमा नेपाल प्रथम भएर प्रदेशकै शिर उच्च बनाएको छ ।

त्यसपछि पनि लगातार २ वर्ष विज्ञान संकायमा प्रदेश प्रथम भएको एभरेष्ट आफ्नो उत्कृष्टता कायम राख्न निरन्तर सफल हुँदै आएको छ । एभरेष्टले आफ्नो गुणस्तरीयतालाई बृद्धि गर्दै विद्यार्थीहरुलाई अनुसन्धानमा केन्द्रित गराउन आफ्नै ‘इनोभेसन सेन्टर’ (आविस्कार केन्द्र) निर्माण गरेको छ ।

यस्तै विश्वस्तरीय शिक्षण सिकाईलाई प्रभावकारी बनाउन एभरेष्टले विश्वका चर्चित विश्वविद्यालयबाट ‘गेष्ट लेक्चर’को समेत व्यवस्था मिलाउँदै आएको छ । जसले विद्यार्थीलाई अन्तर्राष्ट्रिय शैक्षिक प्रणालीको बारेमा जानकारी प्राप्त हुनुका साथै अनुशासित र सृजनशील हुन उत्प्रेरणा प्राप्त हुने गरेको विद्यालयको बुझाई छ ।

खेलकुद क्षेत्रमा पनि विद्यार्थीको अब्बलता कायम राख्न सक्नुपर्छ भन्दै एभरेष्टले अन्तर्राष्ट्रियस्तरका खेल संरचनाहरुको विकास गरेको छ । एभरेष्ट कलेज परिसर भित्रै फुटबल मैदान, ब्याडमिन्टन, भलिबल तथा बास्केटबल कोर्ट, टेबल टेनिस, मार्सल आर्ट, तेक्वोन्दोका लागि कवर्ड हल अन्तर्राष्ट्रिय मापदण्ड अनुसार निर्माण गरेको छ ।

यस्तै, संगीत तथा नृत्यका लागि छुट्टै हल निर्माण गरेर बालबालिकाको अन्तरनिहित प्रतिभा प्रस्फुटन गराएर एभरेष्टले गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । कलेजले प्रत्येक क्षेत्रका विषय विज्ञहरुलाई नियूक्त गरेर हरेक गतिविधि सञ्चालन गर्नुका साथै सभा, सेमिनार, अन्तरक्रियालगायतका हरेक क्षेत्रमा प्रतियोगितासमेत आयोजना गर्दै आएको छ ।

एभरेष्ट फाउण्डेसनमा अहिले ५ वटा शैक्षिक संस्था सञ्चालनमा छन् । विराटनगर– ५मा एभरेष्ट मन्टेश्वरी, एभरेष्ट स्कुल, एभरेष्ट कलेज आसपासमा छन् । यसका अतिरिक्त फाउण्डेसनले विराटनगरकै कलेज रोडमा एम्स कलेज र सुनसरीको इटहरीमा पाथीभरा स्कुल सञ्चालन गर्दै आएको छ । फाउण्डेसन भित्र चार हजार भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

Back to top button